समाचारशनिबार, जेठ ८, २०७३

राष्ट्रपतिद्वारा बुद्धजयन्ती समारोहको उद्घाटन

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार पाँच सय ६० औँ बुद्ध जयन्ती समारोहकोे बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गरेकी छन् ।

उक्त अवसरमा राष्ट्रपतिले भण्डारीले दीप प्रज्वलन गरिन् भने बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्ध वचन पाठ गरे ।

उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता छ ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>