Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उपत्यका: चाहियो खुला ठाउँ र पार्कहरु - Himalkhabar.com

थप समाचारशनिबार, जेठ ८, २०७३

उपत्यका: चाहियो खुला ठाउँ र पार्कहरु

सविता श्रेष्ठ

भएका सार्वजनिक पार्कको संरक्षण र व्यवस्थापन गर्नसके मात्र पनि उपत्यकावासीको शारीरिक र मानसिक तनाव धेरै कम हुन्थ्यो

काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दीकेशर बगैंचा (नारायणचौर)। तस्वीर: गोपेन राई

काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दीकेशर बगैंचा (नारायणचौर)। तस्वीर: गोपेन राई

‘आज पनि त्यही पार्क?’ घण्टाघरस्थित त्रिचन्द्र कलेजका उपप्राध्यापक प्रमेश कट्टेललाई सन्तानले पटकपटक यही प्रश्न गर्छन्। तर, उनीसँग ‘होइन, आज अर्कै ठाउँ जाने है’ भन्ने जवाफ हुँदैन। “त्यही रत्नपार्कको भर पर्नु परेको छ”, कट्टेल भन्छन्, “परिवारसँग घुमौं, खुला ठाउँमा साथीहरुसँग केही समय विताऊँ भन्यो, कहाँ जाने भन्ने नै समस्या छ।”

Park 52-53.inddबढ्दो जनघनत्वका कारण धूलो, धुवाँ र ध्वनि प्रदूषणले उकुसमुकुस उपत्यकामा ठाउँ ठाउँमा प्राकृतिक वातावरणको शान्त पार्क भइदिए हुन्थ्यो भन्ने कामना कसको पो नहोला र? तर, भविष्यमा यस्तो स्थानको यति महत्व होला भनी न उपत्यकावासीले सोचे, न स्थानीय प्रशासनले। स्थिति कस्तोसम्म छ भने, अघाउँजी खुला हावा खान पनि चक्रपथ काट्नैपर्छ।

“टोल टोलमा चोक, आँगन, डबली हुन्थे”, असन, काठमाडौंका रैथाने कवि दुर्गालाल श्रेष्ठ (८०) सम्झ्ान्छन्, “पहिले घुम्ने र टहल्ने ठाउँ घरले भरिएका छन्, पहिले हेरी काठमाडौंको रुप नै छैन।” मानिस प्रकृतिसँग घुलमिल हुन नजान्दा यस्तो समस्या आएको उनको ठम्याइ छ।

खुला क्षेत्र व्यवस्थापन
पहिले यौनकर्मीको अखडाका रुपमा बदनाम रत्नपार्कमा २०७३ साल वैशाखको पहिलो दिन ४ हजार ४८१ जनाले नयाँ वर्ष मनाए। तीमध्ये अधिकांशको भनाइ थियो– रत्नपार्क बल्ल पार्क बन्यो। “रत्नपार्कमा एकैदिन यति धेरै मान्छे आएको यो पहिलो घटना हो”, काठमाडौं महानगरपालिकाको रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसी बताउँछन्।

राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मीको नाममा २०२८ सालमा निर्माण गराएको रत्नपार्कले चार दशकपछि बल्ल पुनर्जीवन पाएको छ। व्यवस्थापनमा गरिएको सानो सुधारले नै भीड र कोलाहलबीच पनि रत्नपार्क प्रिय बनेको छ। पार्क, कुर्सी र चौतारामा गरी एकैपटक करीब ९०० जना बस्न सक्छन्। केसीका अनुसार, अहिले पनि दैनिक करीब एक हजार जना पार्कमा आउने गरेका छन्। व्यवस्थित रत्नपार्कमा पस्न प्रतिव्यक्ति रु.२५ समेत तोकिएको छ।

काठमाडौंको रत्नपार्क बाहेक गार्डेन अफ ड्रिम्स्, मञ्जुश्री, त्रिभुवन, ललितपुरको राष्ट्रिय वनस्पति उद्यानलगायतका पार्कमा टिकट काटेर सर्वसाधारणले घुम्न पाउने व्यवस्था गरिएको छ। त्यसो त राजधानीका अन्य स्थानमा पनि केही ‘पार्क’ छन्। तर, नाममात्रको व्यवस्थापनले पार्कलाई लथालिङ्ग बनाएको छ।

संरक्षणविद् अनिल चित्रकार उपत्यकामा नयाँ पार्क बनाउनेभन्दा पनि भएकैलाई व्यवस्थापन गर्नुपर्ने बताउँछन्। “उपत्यकामा खुला क्षेत्र नै कम भएकाले नयाँ पार्क बनाउन सजिलो छैन”, चित्रकार भन्छन्, “त्यसैले पुरानो संरक्षण नगरी सुखै छैन।”

सार्वजनिक जग्गा संरक्षण कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा ८८७ वटा खुला स्थल पहिचान गरेको छ। जसमा काठमाडौंमा ४८८, ललितपुरमा ३४६ र भक्तपुरमा ५३ वटा छन्। प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी भू–उपयोग योजना, हरियाली खुला क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले खुला स्थलको पहिचान र व्यवस्थापनको तयारी थालिएको बताउँछन्।

पहिचान गरिएका सबै खुला क्षेत्रमा पार्क बनाउन भने सकिंदैन। त्यहाँ विद्यालय, क्याम्पस, अस्पताल, मठमन्दिर पनि छन्। तर, पहिचान गरिएकामध्ये हरेक वर्ष १२ वटा खुला क्षेत्र व्यवस्थित गर्ने योजना अनुसार अघिल्लो वर्षबाटै काम थालिएको प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखाली बताउँछन्। खुला क्षेत्रलाई विपत् व्यवस्थापन र मनोरञ्जनात्मक क्षेत्रमा छुट्याएर व्यवस्थित गरिनेछ। खोखालीका अनुसार, उपत्यकामा विपत्का लागि ८३ स्थानको पहिचान गरी व्यवस्थापन कार्य अघि बढाइसकिएको छ।

काठमाडौं महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठ शंखधर पार्क, रानीपोखरी र बालाजु पार्कको संरक्षण र व्यवस्थापनको काम अघि बढाएको बताउँछन्। तर, पार्क व्यवस्थापन गरिंदा सबै उमेरकाले घुम्न मिल्ने, वातावरणीय लाभ, प्रकोपको समयमा उपयोगी र सजिलै मर्मत गर्न सकिने बनाउनुपर्ने आर्किटेक्ट प्रबल थापाको सुझ्ााव छ। “यसको स्वामित्व वा सञ्चालनको जिम्मेवारी स्थानीय समुदाय तथा निकायलाई दिनुपर्छ”, थापा भन्छन्।

रत्नपार्क

रत्नपार्क

शहरको व्यस्त जीवनशैलीमा शारीरिक र मानसिक तनाव कम गर्न समेत पार्क आवश्यक मानिन्छ। “तनाव र थकान हटाउन, शरीरमा स्फूर्ति ल्याउन पार्क उपयोगी हुन्छ”, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोज वझा भन्छन्। कतिपय मानसिक समस्या भएका बिरामीको उपचारमा समेत यस्ता पार्क सहयोगी बन्ने गरेको बताउँदै उनी भन्छन्, “तर, हामीकहाँ त भएका थोरै पार्क पनि बिहान, साँझ हिंडडुल गर्न लायक छैनन्।”

खुला क्षेत्र मनोरञ्जनका लागि मात्र नभई वातावरण स्वच्छ राख्न पनि सहयोगी हुने संरक्षणविद् चित्रकारको धारणा छ। “पानी रिचार्ज हुन पनि खुला क्षेत्र नै चाहिन्छ”, उनी भन्छन्। खुला क्षेत्र कम भएकै कारण काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर बनेको उनको तर्क छ।

नमूना नन्दीकेशर
चार वर्षअघिसम्म फोहोरले ढाकेको काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दीकेशर बगैंचा (नारायणचौर) अहिले मन बिसाउने ठाउँ बनेको छ। डम्पिङ साइटलाई बगैंचा बनाउन भदौ २०६८ देखि स्थानीयको अथक् परिश्रम परेको छ।

park1“योजना र डिजाइन हामीले बनायौ” सामुदायिक सेवा केन्द्र, नारायणचौरका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ भन्छन्, “पूर्वाधार निर्माण गरी व्यवस्थित बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले सघायो।” बगैंचाको व्यवस्थापन पूरा भएपछि सञ्चालन गर्ने जिम्मा केन्द्रले नै लिएको छ।

बगैंचाको चारै कुनामा साना थुम्का छन्। वरिपरि रुख रोपिएको छ। बालबालिका खेल्ने ठाउँ बनाइएको छ। विपत् व्यवस्थापनका दृष्टिले बगैंचाभित्र ६ वटा इनार बनाइएको छ। १२ वैशाख २०७२ को भूकम्पमा धेरै स्थानीयले बगैंचामा आश्रय लिएका थिए। २० रोपनी क्षेत्रफल रहेको बगैंचा राजा रणबहादुर शाहकी कान्छी रानी त्रिपुरासुन्दरीले बनाउन लगाएको बताइन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>