थप समाचारआइतबार, जेठ ९, २०७३

सशस्त्र प्रहरीको गणमा बम पड्किँदा आठ घाइते

हिमालखबर

तनहुँको भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आज, ९ जेठ दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हवल्दारसहित सातजना घाइते भएका हुन् । सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विस्फोटमा परी सशस्त्र प्रहरी हबल्दार चौधरीको दुवै हातको पञ्जा गुमेको छ । सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका छन् ।

घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>