समाचारआइतबार, जेठ ९, २०७३

चावहिलमा संघीय गठबन्धनको विरोधसभा

हिमालखबर

chabahil2मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले आज काठमाडौंको चावहिलमा विरोध प्रदर्शन गरेको छ ।

चावहिलमा चोकमा आयोजित विरोधसभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरे । दिउँसो गौशाला र जोरपाटीबाट एकैसाथ शुरु भएको र्‍याली चावहिल चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोध सभाका वक्ताहरुले सरकारसँग अहिले नै वार्ताको औचित्य नभएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

आफूहरु वार्ताकै माध्यमबाट समाधान चाहे पनि सरकार वार्ता प्रति गम्भीर नभएको र औपचारिकता पुरा गर्नका लागि मात्रै वार्ताको आह्वान गरेको भन्दै उनीहरुले वार्ताको वातावरण बनाउन समेत माग गरे ।

संविधानमा संशोधनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएको गठबन्धनले हिजो ८ जेठमा स्वयम्भूमा विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले भोलि कीर्तिपुरको नयाँ बजारमा विरोध सभा गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>