Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा - Himalkhabar.com

खेलकुदआइतबार, जेठ ९, २०७३

लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

हिमालखबर

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।

यसअघि, प्रारम्भिक चरणमा परेका ३३ खेलाडीमध्येबाट छनोट गरेर आज राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरिएको हो । छनोट प्रक्रिया पूरा गर्न ती खेलाडीबीच करिब चार दिनको क्षमता परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

छनोट भएका खेलाडीमा दुई गोलकिपर, छ डिफेन्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन् । गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथू तथा डिफेन्डरमा रवीन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन छन् ।

त्यस्तै, टोलीको मिडफिल्डरमा प्रकाश बुुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ अटाएका छन् । त्यसैगरी, फरवार्डको जिम्मेवारी भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ र सुनील बलले लिनेछन् ।

नेपालले यही जेठ १६ गते लाओससँग उसकै घरेलु मैदानमा खेल खेल्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>