समाचारसोमबार, जेठ १०, २०७३

सगरमाथा आरोहणका क्रममा एक भारतीयको मृत्यु

हिमालखबर

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी ६ जना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।

भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन् । तीन नेपालीको भने परिचय खुल्न सकेको छैन ।

घटनाको उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ । सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन् ।

आज पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>