समाचारसोमबार, जेठ १०, २०७३

थाइल्याण्डको स्कुलमा आगो लाग्दा १७ बालिकाको मृत्यु

हिमालखबर

तस्वीर: सीएनएन

तस्वीर: सीएनएन

उत्तरी थाइल्याण्डको एउटा निजी स्कुलमा आगो लाग्दा १७ बालिकाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार उक्त घटनामा केही छात्राहरु घाइते भएका छन् भने केही अझै वेपत्ता छन् ।

कक्षा ६ सम्म छात्राहरुलाई मात्र पढाउने चियांग राईस्थित उक्त स्कुलको दुई तले छात्रावासमा आगो लाग्दा छात्राहरु सुतिरहेका थिए । मृत्यु भएका छात्राहरु ६ देखि १३ वर्ष उमेर समूहका छन् ।

एएफपीका अनुसार स्थानीय समय अनुसार आइतबार राति ११ बजे लागेको आगोका कारण १७ छात्राको मृत्यु, ५ घाइते र २ वेपत्ता छन् ।

झ्यालमा भर्‍याङ् लगाएर अन्य २० छात्राको उद्धार गरिएको र आगो लाग्नुको कारण नखुलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

thai_school_blaze_ladderविपन्न परिवारका बालिकाहरुलाई पढाउने उक्त ‘च्यारिटी’ स्कुलमा आवाससहित शिक्षा निशुल्क प्रदान गरिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>