Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘मासहिस्टरिया’ले एक महिनादेखि पढाइ प्रभावित - Himalkhabar.com

थप समाचारसोमबार, जेठ १०, २०७३

‘मासहिस्टरिया’ले एक महिनादेखि पढाइ प्रभावित

हिमालखबर

बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको ‘मासहिस्टरिया’ का कारण पढाइ प्रभावित हुँदै आएको छ ।

छात्रामा एक महिनायता पटकपटक पेट दुख्ने, टाउको दुख्ने, चिच्याउने बेहोस हुनेजस्ता लक्षण देखापरेपछि पढाइ प्रभावित भएको प्रधानाध्यापक टीकादत्त भट्टले बताए ।

विद्यालयमा दिनहुँ बिहान ८:३० देखि ९ बजेसम्म निमावि र मावि तहका छात्रामा यस्तो समस्या आउने गरेको छ, प्रधानाध्यापक भट्टले भने–“कक्षाकोठामै बेहोस हुने अनि बोकेर कार्यालयको कोठामा लैजाने र केही घन्टापछि आफैँ ठीक हुने गरेका छन् ।”

केही महिनादेखि उक्त विद्यालयमा यस्तो समस्या देखापरे पनि यो शैक्षिक सत्रको सुरुवातदेखि निरन्तर देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको समेत उनले बताए ।

निमावि र मावि तहका छात्रा विद्यालयमा पठनपाठनका क्रममा एकाएक ढल्न थालेपछि शिक्षक र अभिभावकसमेत हैरान भएको प्रधानाध्यापक भट्टले बताए ।

देवताको दोष भन्दै अभिभावकको सुझावमा विद्यालयमा मन्दिर निर्माण गरी पूजापाठ गरेको भए पनि ठीक नभएको विद्यालयले जनाएको छ ।

मास हिस्टरियाको यस्तो समस्यालाई कसैले यौनसँग सम्बन्धित त कसैले देउता वा भूत लागेको बताउने गरेको पनि यो मानसिक तनावले उत्पन्न हुने समस्या भएको र एकजनालाई भएपछि अरुले पनि त्यसको अनुकरण गर्दै जाने चिकित्सक बताउँछन् । मानसिक तनाव कुनै एउटै कारणले नभई विभिन्न कारणले हुन्छ ।

यस्तो समस्या भएकाहरुलाई विद्यालय र परिवारमा सान्त्वना दिने, उनीहरुलाई सहयोग गर्ने र उनीहरुको फरक क्षमता, जिज्ञासा, तनावलाई बुझेर सकारात्मकता तर्फ प्रेरित गर्नु पर्ने चिकित्सकको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>