Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘मेरी बहिनीको आत्महत्या होइन हत्या हो’ - Himalkhabar.com

थप समाचारसोमबार, जेठ १०, २०७३

‘मेरी बहिनीको आत्महत्या होइन हत्या हो’

हिमालखबर

Rada Devi shah 1वीरगञ्जको मुर्ली टोलस्थित आफ्नै घरमा मृत फेला परेकी महिला राधा साहले आत्महत्या नगरी उनको हत्या भएको राधाका माइती पक्षले आरोप लगाएका छन् ।

वीरगञ्जको मुर्ली बगैंचा–१५ की राधादेवी साहकानुलाई उनका पतिका परिवारले यातना दिई हत्या गरेको महिलाका दाजु जितेन्द्रप्रसाद गुप्ताले आरोप लगाएका छन् ।

वाराको गढीमाईकी राधाको तीन महीनाअघि १० फागुनमा वीरगञ्ज मुर्ली बगैंचाका सुवासप्रसाद साहसँग बिहे भएको थियो । उनी ७ जेठ बिहान आफ्नै कोठामा (पतिको घरमा) झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

५ जेठमा माइतीबाट घर फर्केकी बहिनीको ७ जेठ विहान मृत्यु भए पनि घटनाको जानकारी माइती पक्षलाई वेलुका ५ बजे मात्रै दिइएको र त्यसअघि कबोल अनुसार दाइजो नल्याएको भन्दै  उनका सासु ससुराले प्रताडित गरेको मृतकका दाई जितेन्द्रले आरोप लगाए ।

उनका अनुसार विवाहका बेला रु २५ लाख दाइजो दिने सहमति भएकोमा तीन महीनाभित्र पटक पटक गरी २३ लाख दिइएको र बाँकी दुई लाख दिन बाँकी थियो । दाइजो वापत कवोल गरेको रकम समयमै नदिएको भन्दै राधालाई उनका सासु–ससुराले विभिन्न लान्छना लगाउने र रकम लिन माइती पठाउने गरेका थिए ।

दाइजो पूरा नल्याएको निहुँमा बहिनीमाथि कुटपिट समेत हुने गरेको जितेन्द्रको दाबी छ ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै के भएको हो भन्न सकिने बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तर, शवको पोस्टमार्टम सकिए पनि रिपोर्ट प्राप्त भइनसकेको जनाएको छ ।

मानवअधिकार तथा महिलाअधिकारकर्मीहरुको उपस्थितिमा १० जेठमा आयोजना गरिएको पत्रकार समेलनमा मृतकका आफन्तले राधाले कुनै हालतमा आत्माहत्या गर्न नसक्ने भन्दै सबैको मिलोमतोमा दोषिलाई उन्मुक्ति दिन प्रयास भइरहेको आरोप लगाए ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>