समाचारसोमबार, जेठ १०, २०७३

‘१५५ मध्ये ३ तुईन विस्थापित’

हिमालखबर

tuin

दुई वर्षभित्र सबै तुईन विस्थापित गर्ने प्रधानमन्त्रीको घोषणा अनुरुप १५५ मध्ये तीन वटा तुईन विस्थापित भईसकेको संघीय मामिला तथा स्थानीय विकास  मन्त्रालयले जनाएको छ । मन्त्रालयका  प्रवक्ता पूर्णचन्द्र भट्राईले १० जेठमा विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएका हुन ।

प्रधानमन्त्री ओलीले २५ असोज २०७२ मा दुई वर्षभित्र सबै तुईनको सट्टा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेकोमा २०७३ चैत भित्र २० वटा पुल बन्ने मन्त्रालयले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “थप ११ वटाको सम्झौता भैसकेको, २० वटाको बोलपत्र आह्वान भएको र थप ९ वटा टेण्डर प्रकाशन गर्ने अन्तिम चरणमा पुगेको छ भने ७२ वटाको डिपिआर निर्माणको कार्य भईरहेको छ । ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>