समाचारसोमबार, जेठ १०, २०७३

प्रधानमन्त्रीले बोलाए मधेशी मोर्चा सहितको सर्वदलीय बैठक

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको बैठक बोलाएका छन् ।

संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेश केन्द्रित दललाई पत्र पठाएका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ११ जेठ बिहान १०:३० बजे हुने छलफलमा संसद्‌मा रहेका सबै दललाई बोलाइएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

वार्ताबाटै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको भन्दै प्रधानमन्त्रीले प्रदेशको सिमांकनका लागि सरकारले समिति गठन गरिसकेको पनि स्मरण गराएका छन् ।
प्रधानमन्त्रीले मधेशी मोर्चालाई पठाएको पत्र

मितिः २०७३/०२/१०

श्री संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा,
काठमाडौं ।

प्रिय मित्र,
नेपाल सरकारका प्रतिनिधिले त्यस मोर्चालाई वार्ताको लागि आव्हान गरेको पत्रको प्रत्युत्तर प्राप्त भयो । यसकालागि धन्यवाद सहित निम्न पक्ष स्पष्ट पार्दछुः

१ नेपाल सरकार र त्यस मोर्चामा आवद्ध दलहरु बीच विभिन्न समयमा पटक÷पटक भएका वार्ताले दल÷दलबीच तथा दल र सरकारका वीचमा रहेका कतिपय असमझदारी बुभ्mन बुझाउन सहयोगी रहे । तराई मधेसमा रहेको महिनौं लामो असहज स्थितिलाई अन्त्य गर्न हामीहरु बीच भएका तिनै सम्वाद र वार्ताहरु सहायक रहन पुगे । आन्दोलित मनस्थिति रहेको वखत कहिले कहिले, आप्mनै प्रयासमा प्राप्त उपलव्धि समेत हामीलाई गौण लाग्न सक्छन् । तसर्थ, हामी बीच अनेकौं चरणमा भएका वार्ता उपलव्धिहिन रहेनन्, त्यसले केही महत्वपूर्ण चासोलाई सम्बोधन गरेका छन् ।

२ सरकारले मोर्चा कै माग बमोजिम, संबिधानमा पहिलो संबोधन गरेको तथ्य म पुनः स्मरण गराउन चाहन्छु । यो संशोधनसंगै, समानुपातिक समावेशी विषय, प्रतिनिधित्व र नागरिकता सम्बन्धि मुद्धा निश्चित रुपमा संबोधन भएकोछ । मोर्चामा आवद्ध दलहरु संबिधान निर्माण प्रकृयाको महत्वपूर्ण चरणमा प्रकृयाबाट बाहिरिएका कारणले पनि हुनसक्छ, मोर्चाद्वारा गरिएका मागहरु जस्तो को तस्तै संबोधन भएनन् की भन्ने भान परेको हुनसक्छ । सरकारको तर्फबाट म आग्रह गर्दछु, संशोधित दफाहरु ध्यानपूर्वक अध्ययन गरे उठाइएका मुद्धालाई त्यसबाट संबोधन गर्न सकिने कुरा मोर्चाका मित्रहरुले महसुस गर्न सक्नु हुनेछ । जहाँसम्म फागुन ४ गते प्रधानमन्त्रीले एकतर्फी रुपमा वार्ता भंग गर्यो भन्ने प्रसंग छ, त्यसमा भने कुनै सत्यता छैन । वार्ता भंग गर्नुपर्ने, वार्ता गर्नै नपर्ने, सम्वाद सहमती आवस्यक नरहेको निस्कर्षमा पुगेको भए पटक÷पटक सार्वजनिक स्थल वा अन्य औपचारिक/अनौपचारिक मञ्चबाट प्रधानमन्त्री स्वयंबाट वार्ता, सहमती र सहकार्यलाई जोड दिंदै निरन्तर आव्हान गरिने थिएन भन्ने तथ्य मित्रहरुले महसुस गर्नु हुने नै छ ।

३ मैले नयाँ बर्षको पूर्वसन्ध्यामा देशवासीलाई संबोधन गर्ने क्रममा आन्दोलनरत मोर्चा, दल र नेताहरुबाट तराई मधेसको आन्दोलन रोकी सम्वाद र सहकार्यतर्फ अग्रसर हुनुलाई सुझबुझपूर्ण कार्यको रुपमा प्रसंसा गरेको थिएँ । मुलुक हामी सबैको साझा रहेको र तराई, पहाड र हिमाल निवासी सबै जनता हाम्रो आफ्नै जनता भएकाले

उनीहरुको हितका खातिर संगसंगै काम गर्न पुनः एकपटक आग्रह गर्दछु । यसका लागि आवस्यक वातावरण कस्तो चाहिने हो, वार्ताबाटै तय गरौं । सरकार आवस्यक वातारण तयार गर्न तयारै रहेको जानकारी गराउँदछु ।

४ तराई मधेसमा भएको अशान्ती र त्यस क्रममा भएका जनधनको क्षतिप्रति सरकार संवेदनशील छ । प्रमको हैसियतमा मैले स्पष्ट पार्दै आएको छु, असहज अवस्थामा भएका घाइतेहरुको उपचारको लागि सरकार कुनै आनाकानी गर्दैन । यस प्रयोजनका लागि आवस्यक रकम समेत पठाई सकिएको जानकारी मलाई छ । कुनै कतै केही बाँकी रहेको भए त्यसको तत्काल संबोधन गरिने नै छ । घटनामा ज्यान गुमाउन पुगेकाहरुको परिवारलाई समवेदना तथा क्षतिपूर्ति रकम पठाई सकिएको समेत म फेरी स्पष्ट पार्न चाहन्छु ।

५ घटनामा ज्यादती भयो, भनिएको प्रसंगमा त्यसको उचीत छानवीन हुने पहिले नै स्पष्ट पारिएको हो । कस्तो प्रकृया र कुन संयन्त्र भन्ने प्रसंगमा संवाद जारी नै रहेको यहाँहरुलाई ज्ञातै छ । हामी सबै जीवनको महत्वपूर्ण अबधि मानवअधिकार र लोकतन्त्रका लागि यातना र सास्ती झेलेर आएका आन्दोलनका सहयात्री नै हौं । आधा शताव्दी भन्दा लामो समय यही उद्देश्यका लागि विताएको तपाईहरुकै एकजना साथी प्रधानमन्त्री रहेको सरकारप्रति ज्यादतीको छानवीन हुन्न की, जनताले न्याय पाउन्न की भन्ने शंका तथ्य र तर्कसंगत हुन्न भन्ने म स्पष्ट पार्दछु ।

६ जहाँसम्म सीमा सम्बन्धि मागलाई संबोधन गर्न सरकारद्वार गठित समिति र संयोजक बारेको प्रसंग छ, त्यो चाँहि अलि ज्यादै आग्रहयुक्त भयो । नेपालको संविधान स्वीकार्ने जो कोही नेता वा कार्यकर्ताको लोकतन्त्र, संघीयता र त्यसले दिएको अधिकारप्रतिको निस्ठामा प्रश्न नगर्न म आग्रह गर्दछु । प्रस्तावित समितिको बैठकबाटै यसले गर्ने काम र यसमा रहने सदस्य थपघट गर्न सकिने हुँदा विभिन्न पूर्वसर्तमा नअल्झिन म आग्रह गर्दछु । हामीले संवादबाट दुरी घटाउने र हटाउँदै जाने हो । आरोप र अविश्वास बोक्ने र बढाउँदै जाने गर्नु हुँदैन ।

अतः सरकार प्रमुखको हैसियतले वार्ता सत्य तथ्यको आधारमा समाधान खोज्ने गरी गरिनु पर्दछ । म ठान्छु, अबको वार्ता सार्थक हुनेछ । तसर्थ वार्तामा आउन अनुरोध गर्दछु । राष्ट्र हाम्रो हो, यसलाई सहमतीका साथ सहार्य गर्दै संमृद्धिको दिशामा अघि बढाउन हातेमालोको लागि आग्रह गर्दछु ।

केपी शर्मा ओली
प्रधानमन्त्री

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>