समाचारमंगलबार, जेठ ११, २०७३
सरकार र प्रमुख प्रतिपक्षसँगको छलफलमा आन्दोलनरत संयुक्त गठबन्धन
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संयुक्त गठबन्धन सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको संयुक्त छलफलमा सहभागी हुँदैछन् ।
अहिले १०ः३० बजे सिंहदरवारमा तीन पक्षबीच छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार वार्तामा तीनै पक्षका प्रतिनीधिहरुको सहभागिता रहनेछ ।
गठबन्धनको मागबारे छलफल गर्नुका साथै आगामी आर्थिक बर्षको बजेटबारे समेत छलफल गर्ने कार्यसूची तय भएको छ । मधेशमा लामो समय आन्दोलन गरेका मधेशी मोर्चासहितका दलहरुको संयुक्त गठबन्धनले काठमाडौंमा विभिन्न चरणको आन्दोलन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
