समाचारमंगलबार, जेठ ११, २०७३

दाहाललाई सर्वोच्चले भन्यो, ‘लिखित जवाफसहित उपस्थित होऊ’

हिमालखबर

supremeएमाओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको ११ जेठको इजलासले दाहालका नाममा कारणदेखाउ आदेश जारी गरेको हो । उनलाई तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनिएको अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

द्वन्द्वको समयमा भएका मानवताविरुद्धका अपराधमा अदालतले गरेका फैसलालाई लिएर दाहालले व्यक्त गरेको धारणाले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता त्रिपाठीले ३ जेठमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

दाहाललाई एक वर्ष कैद र रु.१० हजार जरिवाना माग गरिएको छ ।

३१ वैशाखमा राजधानीमा भएको एक कार्यक्रममा दाहालले ‘अदालतले शान्ति सम्झौता विपरित काम गरेको र दिउँसै रात पार्न खोजेको’ भन्ने टिप्पणी गरेका थिए ।

अधिवक्ता त्रिपाठी ‘पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानी गरेको’ भन्दै त्यसविरुद्ध सर्वोच्च गएका थिए ।

द्वन्द्वको समयमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नलाई समेत सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत उन्मुक्ति दिने प्रयास गर्दै आएको एमाओवादीले ती घटनामा अदालती सुनुवाईको विरोध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>