Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाले नवलपरासीका नेता चौधरीको निधन - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ११, २०७३

एमाले नवलपरासीका नेता चौधरीको निधन

हिमालखबर

parsuram chauघरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर नेकपा एमाले नवलपरासीका सचिवालय सदस्य परशुराम चौधरीको निधन भएको छ ।

एमाले नवलपरासी क्षेत्र नं. ५ का ईन्चार्ज समेत रहेका ५५ वर्षीय चौधरीको जहदा –१ स्थित मझौनीमा पानीका लागि मोटर चलाउदा करेन्ट लागेको थियो । बेहोस भएका उनलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लैजादै गर्दा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

चौधरी २०४९ सालमा जिल्ला विकास समितिका सदस्य चुनिएका थिए भने सुनवल चिनी कारखानाको बोर्ड सदस्य, २०७१ सालदेखि सुकुम्बासी समस्या समाधान आयोगका सदस्य पनि थिए ।

चौधरीको निधनमा एमालेले शोक व्यक्त गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा झुकाउने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।

चौधरीलाई श्रद्धाञ्जली व्यक्त गर्न गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु पार्टी कार्यालय परासी र दाहसंस्कार स्थल त्रिबेणी धाममा पुगेका थिए ।

चौधरीको दिउसो दुई बजे त्रिबेणीमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा एमालेका केन्द्रीय नेताहरु बैजनाथ चौधरी, तिलक महत, जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, सचिव एव. सांसद जीवन श्रेष्ठ लगाएका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

दिवंगत चौधरीका एक श्रीमती तीन छोरा र एक छोरी छन् ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>