समाचारमंगलबार, जेठ ११, २०७३
नवलपरासीमा चिनियाँ लगानीको सिमेन्ट उद्योग स्थापना हुँदै
नवलपरासीको बेणीमनीपुर गाविसको बेलुवामा चिनियाँ लगानीको ठूलो सिमेन्ट उद्योग स्थापना हुने भएको छ ।
चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिबम् सिमेन्टको संयुक्त लगानीमा दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमताको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना हुने भएको हो ।
होङ्सी शिवम् सिमेन्ट उद्योग सम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा गरेको अन्तरक्रियामा उद्योगले कारखाना निर्माण सम्पन्न गरी तीन वर्षभित्र उत्पादन बजारमा ल्याइसक्ने जानकारी गराइयो ।
“दुई सय बिगाहा जग्गा आबश्यक पर्ने भएकाले यो बर्ष जग्गा ब्यवस्थापनको काममा खटिएका छौं,” होङ्सी शिबम् सिमेन्टका प्राबिधिक शिबरत्न अटलले भने, “बाटो र विद्युतका बारे सरकारसँग कुरा भइरहेको छ ।”
उनले अहिलेसम्म एक सय बिगाहा जग्गा प्राप्त भइसकेको र बाँकी व्यवस्था गर्ने काम चाँडै सकिने बताए ।
उद्योगमा होङ्सीको ७० प्रतिशत र शिबम्को ३० प्रतिशत लगानीे छ । उद्योगमा दैनिक दुई हजारले रोजगार पाउने बताइएको छ ।
नवलपरासी क्षेत्र नं. ३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताएका छन् । पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिकर) ल्याउने र यहीं सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा तीस प्रतिशत आपूर्ती गर्ने पनि अन्तरक्रियामा जानकारी गराइयो ।
“स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार आगटेको छ बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूिर्त गर्छ,” होङ्सीका प्राबिधिक अटलले भने, “देश भित्रको बजारमा पूर्ण आपूर्तिपछि निकासीसमेत गर्न सकिन्छ ।”
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
