समाचारमंगलबार, जेठ ११, २०७३

वार्ताका नाममा सरकारले गठवन्धनलाई तोड्न खोज्योः उपेन्द्र यादव

हिमालखबर

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको नाममा आन्दोलनरत संघीय मधेशी गठवन्धनलाई तोड्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

फोरम कपिलवस्तु जिल्ला समितिले तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै नेता यादवले कसैलाई वार्ता त कसैलाई सर्वदलीय बैठक भनी बोलाउने प्रधानमन्त्री ओलीको रणनीति आफूले बुझ्न नसकेको बताए ।

उनले आफूलाई वार्ताका लागि बोलाइएको भन्ने कुरा अखबार पढेर मात्रै थाहा पाएको जिकिर गरे ।

वार्ताका माध्ययमबाट आन्दोलनरत गठवन्धनको माग पूरा गर्ने वा आन्दोलनबाट संविधानको पुनर्लेखनका लागि बल सृजना गर्ने अब दुईवटा मात्रै विकल्प रहेको भन्दै उनले सरकारलाई संवेदनशील हुन आग्रह गरे ।

वार्ताबाट समस्याको समाधान ननिकाल्ने हो भने सडक संघर्षबाटै सत्ता परिवर्तन गरी नयाँ संविधान निर्माणका लागि जन दबाब सृजना गर्ने उनको दाबी छ ।

उनले संविधानको पुनर्लेखन नभई आन्दोलन स्थगित नहुने चेतावनी समेत दिए ।

गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>