समाचारबुधबार, जेठ १२, २०७३
नवलपरासीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको हर्कपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सल्यानबाट काठमाण्डौ जाँदै गरेको बा १ क ११३७ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
इट्टा भट्टामा काम गर्ने मजदुर बोकेको ट्रक अनियन्त्रित भई पिपलको बोटमा ठक्कर खाँएर पल्टिदा १४ जना घाइते भएका छन् ।
-विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
