थप समाचारबुधबार, जेठ १२, २०७३
एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ
एक किलो अवैध सुन सहित भैरहवामा दुई भारतीय युवा पक्राउ परेका छन् ।
भारत, विहारका २६ वर्षीय सुजित र २५ वर्षी हरिओम कुमारलाई एक किलो सुन कम्मरमा बेरेर र भारत तर्फ लैजादै गरेको अवस्थामा भैरहवा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट भैरहवा बसपार्क हुदै भारततर्फ जाँदै गरेका उनीहरुलाई भैरहवा आँखा अस्पताल चोकबाट भन्सार तथा राजश्व सुरक्षा गुल्म रुपन्देहीले नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक तुल्सीराम पाण्डेका अनुसार नियन्त्रणमा लिएको सुनको मुल्य करिब ४७ लाख ६६ हजार छ ।
उक्त सुन हंगकंग हुदै ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
दीपक ज्ञवाली,बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>