समाचारबुधबार, जेठ १२, २०७३
पूर्वराजा शाह ६ दिनदेखि दमकमा
पूर्वराजा ज्ञानेन्द्र शाह ६ दिनदेखि पश्चिम झापाको दमकस्थित हिमालय गुडरिक चियाबगानमा आराम गरिरहेका छन् ।
शाहका सम्बाद सचिब फणिराज पाठकका अनुसार गत ७ जेठमा बिराटनगर हुँँदै दमक पुगेका पूर्वराजा शाहले १२ जेठसम्म कसैसँग राजनीतिक भेटघाट गरेका छैनन् ।
केही दिनपछि शाहको परिवारका अन्य सदस्यहरु पनि काठमाडौंबाट दमक आउँदैछन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका काका हिमालय वीरविक्रम शाहको नाममा २०१८ सालमा स्थापित सो चियाबगानको मध्यभागमा दरबार छ, जहाँ ज्ञानेन्द्र शाह अधिराजकुमार छँदैदेखि वर्षेनी आएर केहीसाता बस्ने गरेका छन् ।
आकर्षक कृतिम झरना, ठूलो बगैंचा, हेलिप्याड र अन्य सुविधा भएको दरबार परिसरमा सुरक्षाकर्मी र पूर्वराजाका सहयोगीका लागि पनि अलग्गै बासस्थान छन् ।
करिब तीन बिगाह क्षेत्रमा फैलिएको दरबार परिसर पूर्वपश्चिम राजमार्गबाट एककिलोमिटर दक्षिण पर्दछ ।
चियाबगान दमकको वडा नम्बर १५ र ९ को ५७५ बिगाहमा फैलिएको छ ।
पूर्वराजा शाहले दमक बसाईका क्रममा केही दिनमै आफ्ना स्थानीय शुभेच्छुकहरुसँग भेटघाट गर्ने बुझिएको छ ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
