Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वैशाखमा मात्रै १३१ महिला हिंसाका घटना - Himalkhabar.com

समाचारबुधबार, जेठ १२, २०७३

वैशाखमा मात्रै १३१ महिला हिंसाका घटना

हिमालखबर

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ ।

ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो ।

प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१ र हिमाली क्षेत्रको ९ घटना छन् ।

महिलामाथि भएका हिंसामध्ये ३५ प्रतिशत महिला तथा किशोरीमाथि शारीरिक हिंसा र ३१ प्रतिशतमाथि मानसिक हिंसा भएको थियो । हिंसामा परेका १० प्रतिशत महिलाको भने हत्या भएको थियो ।

यसैगरी ६ प्रतिशत महिला बलात्कारमा परेका थिए भने ५ प्रतिशत महिला यौनजन्य हिंसा र २ प्रतिशत महिलामाथि बलात्कार प्रयास भएको थियो ।

प्रतिवेदनले आफ्नानजिकका आफन्त, नातेदारबाट हिंसामा पर्नेको सङ्ख्या ५६ प्रतिशत देखाएको छ ।

हिंसामा पर्नेमध्ये १६ प्रतिशत परिवारका सदस्यबाट, ९ प्रतिशत छिमेकीबाट, २ प्रतिशत शिक्षकबाट र १४ प्रतिशत अन्य (साथी, प्रेमी) बाट हिंसापीडित छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>