समाचारबुधबार, जेठ १२, २०७३

लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै तेस्रो निवेदन

हिमालखबर

lokman_karkiभ्रस्टाचारविरुद्धको अभियान नेपालका सुमन श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकामानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै तेस्रो पटक निवेदन दिएका छन् ।

श्रेष्ठले करीब दुई महिना पहिले अख्तियारका सूचना अधिकारीलाई निवेदन दिएर कार्कीको सम्पत्ति विवरण माग गरेका थिए । त्यसपछि पनि कार्कीले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनले पुनः अर्को निवेदन दर्ता गराएका थिए ।

त्यसको पनि कुनै सुनुवाई नभएको भन्दै श्रेष्ठले आज, १२ जेठमा पुनः अर्को निवेदन दर्ता गराएका (दर्ता नम्बर २६९५५) हुन् ।

निवेदन दर्ता गराएपछि श्रेष्ठले विज्ञप्ती जारी गरेर अख्तियारका प्रमुख आयुक्तले सम्पत्ति विवरण सार्वजनिक नगरी अपारदर्शी व्यवहार प्रदर्शन गरेको भन्दै त्यसमा अन्य आयुक्तहरू मौन बस्दा अख्तियारकै सम्मानमा प्रश्न उठेको बताएका छन् ।

‘भ्रष्टाचार निवारणका लागि सर्वप्रथम भ्रष्टाचारविरोधी निकायहरू नै पारदर्शी रुपमा चल्नुपर्ने बुझाइका साथ मैले दुई महिनादेखि अख्तियार प्रमुखको जवाफदेहिता र पारदर्शिता माग गरिरहेको छु’, विज्ञप्तीमा छ,‘तर, सम्पत्ति विवरण सार्वजनिक गर्न देखाएको आनाकानीले उनले नियतमाथि ठूलो नैतिक र कानुनी प्रश्न उठाएको छ ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>