समाचारबुधबार, जेठ १२, २०७३
प्रहरीद्वारा सङ्गीतकार गुरुङलाई रु पाँचलाखसहित सम्मान
नेपाल प्रहरीद्वारा वरिष्ठ संगीतकार अम्मर गुरुङलाई सम्मान गरेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आज, १२ जेठमा गुरुङकै निवास बूढानीलकण्ठ पुगेर नगद रु ५ लाखसहित सम्मानपत्रद्वारा सम्मान गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाली साङ्गीतिक क्षेत्रमा गुरुङले पुर्याएको योगदानको कुनै रकमसँग तुलना गर्न नहुने बताउँदै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरे ।
उनले भने, “गुरुङको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तयार छ ।”
नेपाल प्रहरीको ५ जेठमा बसेको बैठकले सङ्गीतकार गुरुङलाई सम्मान गर्ने निर्णय गरेको थियो ।
निरन्तरको साधनाबाट नेपाली सङ्गीतको क्षेत्रमा विशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतलाई सङ्गीत र आवाजसमेत दिएका गुरुङले नेपालको राष्ट्रिय गानमा समेत संगीत दिएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
