समाचारबुधबार, जेठ १२, २०७३
सरकार परिवर्तन हुँदैनः देव गुरुङ
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मुलुकलाई अस्थिरतातिर धकेल्नेगरी सरकार परिवर्तन नहुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने बताए । उनले भने, “राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आए मात्रै सरकार परिवर्तन हुन्छ ।”
उनले आन्दोलनरत पक्षसँग सहमति जुट्नसक्ने संभावना बढेर गएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
