Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पार्टीमा पारदर्शी पद्धति कायम हुन सकेन: नेता नेपाल - Himalkhabar.com

समाचारबुधबार, जेठ १२, २०७३

पार्टीमा पारदर्शी पद्धति कायम हुन सकेन: नेता नेपाल

हिमालखबर

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीमा पारदर्शी पद्धति कायम हुन नसकेको बताएका छन् ।

मदन भण्डारी अध्ययन केन्द्रले २३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ विषयक अन्तर्क्रियामा उनले लामो समयदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको आफ्नो पार्टीमा निर्धारित समयमा बस्नुपर्ने पोलिटव्यूरो तथा केन्द्रीय समितिको बैठक बस्न नसकेको र अहिले आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले संविधान कार्यान्वयनका लोकतन्त्र स्थापनाका लागि क्रियाशील सबै दल एकजुट हुनुपर्नेमा पनि जोड दिएका थिए ।

उक्त कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले पार्टीभित्र बढ्दै गएको गुट तथा उपगुटको अन्त्य गरी पार्टीले जनविश्वास जित्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।

पूर्वमन्त्री लालबाबु पण्डितले मुलुकमा अहिले राष्ट्रियता कमजोर हुँदै गएकाले पार्टीभित्र एकता कायम गरी राष्ट्रिय सङ्कटबाट देशलाई निकास दिनुपर्ने बताए ।

अन्तरक्रियामा डा विजयकुमार पौडेलले ‘परिवर्तित सन्दर्भमा पार्टी निर्माण’, डा गोविन्दबहादुर थापाले ‘आर्थिक रुपान्तरण र समृद्धि’ र घनश्याम भुसालले ‘कम्युनिष्ट आन्दोलनः अबको बाटो’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>