थप समाचारबिहीबार, जेठ १३, २०७३

प्रहरीद्वारा उपत्यकाका दुई रुटमा नि :शुल्क बस सेवा

हिमालखबर

सार्वजनिक यातायात व्यवसायीले चक्का जाम गरेपछि यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले उपत्याकाका दुई वटा रुटमा आज बेलुकी ५ बजेसम्मका लागि नि:शुल्क बस सेवा संचालन गरेको छ ।

रुट नं. १
नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रवीभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।

रुट नं. २
नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

प्रहरीले सेवाको सदुपयोग गर्न सवै यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>