Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फुटबलर बिमलकी बहिनीको ‘हत्या’ अनुसन्धानका क्रममा दुई पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ १३, २०७३

फुटबलर बिमलकी बहिनीको ‘हत्या’ अनुसन्धानका क्रममा दुई पक्राउ

हिमालखबर

manisha1फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या आशंकामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

हिजो, १२ जेठ राति नवपलरासीको वर्दघाट –८ पञ्चनगर स्थित घरमा एक्लै रहेकी मनिषा आज बिहान घरभित्र मृत फेला परेकी हुन् ।

अघिल्लो दिन कामका लागि बुटवल गएकी उनकी आमा विहान घर फर्कंदा छोरीलाई मृत अवस्थामा देखेपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् ।

मनिषाको शरीरको आधाभाग खाटमा र आधाभाग कुर्सीमा रहेको अवस्थामा भेटिएको र खाटमा रगतको दाग देखिएको प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले जानकारी दिए । बेलुका ८/९ बजे तिर घटना भएको हुन सक्ने उनको  अनुमान छ ।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको र बेलुकासम्म थप जानकारी आउने एसपी चौधरीले बताए ।

“शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ, रिपोर्ट आएपछि आत्महत्या वा हत्या के हो थाहा हुन्छ,” उनले भने ।

मनिषा स्थानीय न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाका दाई विमल अहिले विदेशमा छन् ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>