समाचारबिहीबार, जेठ १३, २०७३
सहमतिको सरकार आवश्यक: भरतमोहन अधिकारी
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले राष्ट्रिय सरकारको लागि पहल गर्न प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
रिपोटर्स क्लबले १३ जेठमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार अपरिहार्य रहेको भन्दै त्यसका लागि पहल गर्न आग्रह गरेका हुन् ।
“संविधान जारी भयो तर, कार्यान्वयन भएको छैन,” उनले भने, ” कांग्रेस, एमाले, एमाओवादी लगायत दलको सहकार्यले मात्रै संविधान कार्यान्वयन सहज हुन्छ ।”
७ माघ २०७४ सम्म संविधान कार्यान्वयन नभए अर्को अन्योल र अराजकता शुरु हुने भन्दै उनले कम्तीमा अर्को चुनावसम्म सबै दलबीच एकता हुनैपर्ने बताए ।
नेता अधिकारीले पार्टीभित्र गुटबन्दी नगर्न समेत आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् ।
सबै दलहरु एकभएर संविधान कार्यान्वयन गर्नेबेला पार्टी भित्रै गुटगत भेलागर्नु उपयुक्त नहुने अधिकारीको भनाई थियो ।
“राष्ट्रिय आवश्यकता जस्तै एमालेभित्र पनि युनिटी आवश्यक छ,” उनले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
