समाचारबिहीबार, जेठ १३, २०७३
यातायात व्यवसायीद्वारा सेनाको बस तोडफोड
यातायात व्यवसायी महासंघले गरेको चक्काजामका क्रममा नेपाली सेनाको बसमाथि तोडफोड भएको छ ।
काठमाडौंको चावहिल चोकमा महासंघका कार्यकर्ताले नेपाली सेनाको बा २ ख २२४७ नम्बरको बसमा ढुंगा प्रहार गरी सिसा फुटाइदिएका छन् ।
उनीहरुले बिहानै केही ट्याक्सीमा समेत तोडफोड गरेको र तोडफोडमा संलग्न करिब २०० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई गरिने जरिवाना वृद्धिको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज देशभर चक्काजाम गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
