Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइयो - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ १३, २०७३

मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइयो

हिमालखबर

manishaआज विहान आफ्नै घरमा मृत भेटिएकी नवलपरासीकी मनिषा घर्तीमगरको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको छ ।

उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए घटनाको सुक्ष्म अध्ययनका लागि भन्दै काठमाडौं पठाइएको हो ।

“शव पोष्र्टमार्टमका लागि काठमाडौं पठाएका छौं,” जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी राजेन्द्र चौधरीले भने, “घटनाको सुक्ष्म अनुसन्धानका लागि काठमाडौंमा विशेषज्ञ टोली भएकाले पठाइएको हो ।”

प्रहरीले मनिषाको फोनको ‘कल डिटेल लिई’ अनुसन्धान गरिरहेको भन्दै एसपी चौधरीले यसअघि नियन्त्रणमा लिइएका व्यक्तिसँग सोधपुछ भइरहेको बताए । उनले भने, “बेलुकासम्म केही कुरा आउँछ ।”

मनिषाको कोठाको पलङमा सिरानतिरको सिसाहरु फुटेको , लछार–पछार पारेजस्तो कपडाहरु लथालिङ्ग अवस्थामा रहेको, घरमा बिजुलीको मुख्य तार पनि काटिएको अवस्थामा रहेको डिएसपी अर्जुन रानाभाटले बताए ।

प्रहरीको नियन्त्रणमा रहेका तिलकपुरका २२ बर्षीय रुद्रनारायण चौधरी (आशिष) ले आफू १२ जेठ साँझ मनिषाको घरमा गएको तर, सामान्य झगडा भएपछि फर्किएकोे प्रहरीलाई बयान दिएका छन् ।

मनिषा राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्ती मगरकी बहिनी हुन् ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>