समाचारबिहीबार, जेठ १३, २०७३
रामेछापमा जीप दुर्घटना, ६ को मृत्यु
रामेछापको पुरानो सदरमुकाम रामेछापडाँडादेखि हिमगङ्गा गाविसतर्फ जाँदै गरेको बिपी यातायातको ना१ज ४१६१ नंको टाटासुमो गाडी रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन् ।
मृतकको सनाखत हुन नसकेको प्रहरी निरीक्षक मख्खन यादवले घटनास्थलबाट जानकारी दिएका छन् ।
उक्त टाटासुमो सडकबाट ३०० मिटर तल खसेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप ल्याइपुर्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
