समाचारबिहीबार, जेठ १३, २०७३

उद्योगी केडिया अपहृत, गोली लागेका चालक गम्भिर

हिमालखबर

उद्योगी केडिया अपहृत, गोली लागेर चालक गम्भिर

वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण भएको छ । केडियाको बाराको बरियारपुरबाट १३ जेठ साँझ अपहरण भएको अञ्चल प्रहरी कार्यालय वीरगञ्जले जनाएको छ । उनका चालक श्याम कानुलाई गोली लागेको छ । उनी पर्सा बिन्दबासिनीका स्थायी वासिन्दा हुन ।

६० वर्षीय केडीय वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाका भाई हुन । केडिया अर्गनाइजेशनका सदस्य समेत रहेका खाद्य उद्योगका सञ्चालक हुन ।

केडिया आफ्नै गाडीमा वीरगञ्जतर्फ आइरहेका बेला अपहरणकारीले केडियाका चालकलाई गोली हानेर घाइते बनाएपछि अपहरण गरेको प्रहरीले जनाएको छ । केडियालाई अज्ञात ३/४ जनाको समूहले अर्को गाडीमा हालेर भारततर्फ लगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरी वरीष्ठ उपरक्षिक नारायणसिंह खड्काले जानकारी दिए ।

चालक कानुको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर मेडिकल कलेजमा रेफर गरिएको नारायणी उपक्षेत्रिय अस्पताल प्रहरी बिटका प्रहरी सहायक निरीक्षक हस्त बहादुर तामाङ्ले जानकारी दिए । दायाँ कन्चटमा गोली लागेका कानुको अवस्था गम्भीर रहेको नारायणी उपक्षेत्रियका चिकित्सकहरुले बताएका छन् ।

सुरेश विडारी / जियालाल साह, पर्सा

तस्वीरः जियालाल साह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>