समाचारशुक्रबार, जेठ १४, २०७३

जाजरकोट अस्पतालः स्तरवृद्धिको घोषणा कागजमै सिमित

हिमालखबर

५० शैय्याको भनिएको जाजरकोट जिल्ला अस्पताल भवन । तस्वीर: राजेन्द्र कार्की

५० शैय्याको भनिएको जाजरकोट जिल्ला अस्पताल भवन । तस्वीर: राजेन्द्र कार्की

सुत्केरी ब्यथा लागेपछि जाजरकोट भेरिमालिका–३ की सुशीला पुन शाहलाई जाजरकोट जिल्ला अस्पताल लगियो । अस्पतालले एक दिन राखेर उनलाई रुकुमको एक निजी अस्पतालमा रेफर गर्‍यो ।

चिकित्सक र पूर्वाधार विहिन जाजरकोटको १५ शैय्याको सरकारी अस्पताललाई एकसाता अघि मात्रै गृहमन्त्री शक्तिबहादुर बस्नेतले ५० शैय्याको स्तरवृद्धि भएको घोषणा गरेका थिए । तर, त्यो स्तरवृद्धि कागजमा मात्रै सिमित छ ।

जाजरकोटकै भेरीमालिका–२ राङ्गसी कि रत्न शाहलाई पनि २६ हप्तामै सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल लगियो । स्तरवृद्धि भएको भनिएको अस्पतालमा उनको पनि उपचार हुन सकेन र चौरजहारी नै पठाइयो ।

समय नपुगी सुत्केरी व्यथा लागेकी महिला र बच्चाको उपचारका लागि आवश्यक स्रोत साधन नहुँदा उपचार गर्न नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहले बताईन ।

घनले लागेर औंला भाँच्चिएका ढिमे–४ का ५ वर्षीय दिनेश खड्कालाई अस्पताल लगेका उनका अभिभावक पनि निराश हुँदै नेपालगञ्जतर्फ लागे ।

अस्पतालमा सामान्य शल्यक्रिया गर्न, असहज अवस्थामा सुत्केरी गराउन सक्ने चिकित्सक र पूर्वाधार नहुँदा यहाँका वासिन्दा हजारौं खर्चेर टाढाको अस्पतालमा जानुपर्छ, नसक्नेले ज्यान गुमाउनु पर्छ ।

असोज २०७२ मै मन्त्रिपरिषद बैठकले जाजरकोट अस्पताललाई ५० शैय्यामा स्तरबृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने भन्दै १० जेठमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले गृहजिल्ला आएका बेला ५० शैय्याको treatmentअस्पताल शुभारम्भ भएको घोषणा समेत गरे ।

स्तरबृद्धिको घोषणा गरिए पनि अस्पतालको अवस्था फेरिएन ।

“यस्तो अवस्थामा कागजी घोषणाले पीडितलाई जिस्काएजस्तो भएको छ,” भेरीमालिका–१ का दलबहादुर खत्री भन्छन, “आवश्यक पूर्वाधार, चिकित्सक र अन्य जनशक्तिको व्यवस्था भइसकेपछि मात्रै स्तरबृद्धि घोषणा गर्नुपथ्र्यो ।”

स्तरबृद्धि सँगै ८ जना विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कामय गरी सरकारले अस्पतालको स्तर बृद्धि गर्ने निर्णय गरेको थियो ।

जिल्ला जनस्वास्थ्य प्रमुख डा. राजेन्द्र जिसी अस्पताल स्तरबृद्धिको घोषणा भए पनि आवश्यक पूर्वाधार बिना विशेषज्ञ सेवा प्रदान गर्न नसकिने बताउँछन् ।

डा.जिसीका अनुसार ५० बेडको अस्पतालका लागि आवश्यक अप्रेशन कक्ष, स्वास्थ्य उपकरण, प्रयोगशाला, खानेपानी, बिजुली, बाटो, आवास, पार्किङ्ग स्थल लगायतका पूर्वाधार व्यवस्था गर्न बाँकी नै छ । यी सवै कामका लागि करिब रु ८० करोड आवश्यक पर्ने उनले बताए ।

“विशेषज्ञ चिकित्सक आए नै भने पनि आवश्यक उपकरण र पूर्वाधार नै छैन, कसरी उपचार हुनसक्छ,” जिसीले भने ।

अस्पतालको स्तरबृद्धिका लागि ठूलै संघर्ष गर्नु परेको बताउँछन् अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाह । “कागजमै भए पनि स्तरबृद्धिको निर्णय गराउन सफल भयौं, अब भौतिक पूर्वाधार र पदपुर्तीको लागि फेरि संघर्ष गर्नु पर्छ,” उनले भने ।

स्वास्थ्य सविच शान्त बहादुर श्रेष्ठले नीतिगत रुपमा विशेषज्ञ चिकित्सकको व्यवस्था भैसकेको र आगामी बजेटमा पूर्वाधार स्थापनाका लागि रकमको व्यवस्था गरिने बताएका छन् ।

अहिलेसम्म अस्पतालमा प्रयोगशाला, इसिजी, अल्ट्रासाउन्ड जस्ता सुविधा छैनन् भने सामान्य खालका शल्यक्रिया गर्नका लागि समेत आवशयक पूर्वाधार छैन ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>