समाचारशुक्रबार, जेठ १४, २०७३

सरकारले पत्र पठाए वार्तामा बस्छौः संघीय गठबन्धन

हिमालखबर

सरकारले औपचारिक पत्र पठाए वार्ताका तयार हुने आन्दोलनरत संघीय गठबन्धनले निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको केन्द्रित आन्दोलनको समीक्षा बैठकमा नेताहरुले सरकारले नपठाएको पत्र नपाएको जानकारी गराउँदै आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार सचिवालयलाई आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मेवारी दिइएको छ ।

श्रेष्ठले भने, “सरकारले पत्र पठाएको छैन, सडक–सडकमा वार्ता गर्दै हिड्ने कुरा भएन ।” संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशी मोर्चासहित विभिन्न जातीय तथा क्षेत्रीय दलहरु आवद्ध गठबन्धनले आन्दोलन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>