समाचारशुक्रबार, जेठ १४, २०७३
एनसेल कर विवाद: लेखा समितिले प्राधिकरणलाई बोलायो
पूँजीगत लाभकर विवादमा तानिएको निजी टेलिफोन सेवा प्रदायक एनसेल बारे छलफल गर्न सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई बोलाएको छ ।
समितिले आईतबार, १६ जेठ दिउँसो एक बजे सो विषयमा छलफल गर्न प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई बोलाएको हो ।
एनसेलले सेवा सञ्चालन अनुमति लिँदाका शर्तहरुबारे स्पष्ट पार्न टेलिफोन कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बोलाइएको समितिका उप सचिव सुरेन्द्र अर्यालले बताए ।
“कर सम्बन्धि विवाद निम्तिएपछि प्राधिकरणबाट एनसेलले के कस्तो शर्त राखेर सेवा सञ्चालन अनुमति लिएको रहेछ भनेर बुझ्न अध्यक्षलाई बोलाएका हौं,” अर्यालले भने ।
रामु सापकोटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
