समाचारशुक्रबार, जेठ १४, २०७३

नेविसङ्घद्वारा विरोध प्रदर्शन

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण नगरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ ।

सरकारले सपना मात्र बाँड्दै हिँड्ने तर काम नगर्ने भन्दै नेविसङ्घ काठमाडौँले आज, १४ जेठमा रत्नपार्कमा विरोधसभाको आयोजना गरेको हो ।

विरोधसभामा नेविसङ्घका नेता दीपक भट्टराईले शिक्षा क्षेत्रमा शुल्क वृद्धि हुँदा समेत सरकार चुप लागेर बसेको भन्दै आपत्ति व्यक्त गरे ।

नेविसङ्घका नेता ऋषिकेशजङ्ग शाह, मनोज वैद्य, चन्द्रबहादुर क्षेत्री, विष्णु पौडेललगायतले सरकार भ्रष्टाचार, महँगी, कालोबजारीमा लागेको भन्दै यसका विरुद्ध निरन्तर लाग्ने बताए ।

कार्यक्रममा सरकारका विरुद्ध खबरदारी गरिनाका साथै सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>