समाचारशुक्रबार, जेठ १४, २०७३
पूर्वराष्ट्रपति यादवको छात्रछात्रासँग संवादः संविधान संशोधनबाट ९० प्रतिशत समस्याको समाधान भइसक्यो
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको संशोधनले ९० प्रतिशत समस्या समाधान भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर धनुषाको बघचौडास्थित श्री उच्च माविले आयोजना गरेको विद्यार्थीसँग सम्वाद कार्यक्रममा पूर्वराष्ट्रपति डाक्टर यादवले कानून संशोधन भएर आएपछि संविधानमा गरिएको संशोधनले मधेशका ९० प्रतिशत समस्या समाधान हुने र बाँकी समस्या समेत वार्ता र सम्वाद्ले समाधान हुने विश्वास व्यक्त गरे ।
जनताको प्रतिनिधिले आफैं संविधान बनाए पनि देशमा अझै राजनीतिक अस्थिरता रहेकोप्रति चिन्ता व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले संविधान निर्माण अघि पनि आफूले अभिभावकीय भूमिकामा वार्ताबाट निकास खोज्न दबाब दिदै आएको स्मरण गराए ।
छात्रछात्राले नेपाली सेना, नेपाल प्रहरीमा मधेशीको प्रवेश, संविधान बने पनि मधेशको समस्या समाधान हुन नसकेको कारणबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा कक्षा ८ देखि १० सम्म पढ्ने छात्रछात्राले दाइजो प्रथा, छोरा र छोरीबीच शिक्षामा विभेद, महिलाहिंसा सहित दुईदर्जनभन्दा बढी जिज्ञासा राखेका थिए ।
रामभरोस कापडीको अध्यक्षतामा भएको कार्यक्रममा सो क्षेत्रका सांसदसहित नागरिक समाज, अभिभावक र बुद्धिजिविहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
