रमझमशनिबार, जेठ १५, २०७३
आर्यनमा आशा
निर्देशक आकाश अधिकारीका भतिज आर्यन अधिकारीलाई चलचित्र क्षेत्र प्रवेशमा कुनै समस्या थिएन।
तर, अभिनयमा लगाव हुँदाहुँदै पनि उनी हाम्फालिहाल्ने पक्षमा थिएनन्। “नपढी र विना तयारी काम थाल्नुहुन्न भन्ने लाग्यो”, अमेरिकाबाट चलचित्र निर्देशन तथा अभिनयमा ग्य्राजुएशन गरेका आर्यन भन्छन्।
३१ वैशाख २०७३ देखि प्रदर्शन भइरहेको चलचित्र ‘के म तिम्रो होइन र?’ का नायक आर्यन अब भने ‘फूलटाइम’ यही क्षेत्रमा लाग्ने सोचमा छन्। आफ्नो पहिलो चलचित्रबाट दर्शक रिझाउन सफल भएपछि उनले यस्तो सोच बनाएका हुन्।
केहीले आर्यनको अनुहार र शारीरिक बनावटलाई भारतीय अभिनेता टाइगर श्राफसँग तुलना पनि गरेका छन्।
टाइगरको नामले आफ्नो प्रचार भइरहँदा अन्यथा नलागेको तर आफ्नै पहिचान बनाउनु महत्वपूर्ण भएको उनको भनाइ छ। “आर्यन नाम स्थापित गर्नु मेरो पहिलो र अन्तिम लक्ष्य हो”, युवा अभिनेताका नयाँ सम्भावना मानिएका उनी भन्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
