रमझमशनिबार, जेठ १५, २०७३

बाल–मैत्री विपना

हिमालखबर

W5bYwJOनवलपरासीको सुनवल नगरपालिका बाल–मैत्री हो। बाल–मैत्री भन्नाले विद्यालय जान नपाएकालाई छात्रवृत्ति दिलाउने, विद्यालयमा कुट्न–पिट्न वा तर्साउन नदिने, बाल श्रम हटाउने, बाल विवाह रोक्ने जस्ता क्रियाकलाप पर्छन्।

नगरपालिकालाई बाल मैत्री बनाउने अभियानकी नेतृ अरु कोही नभई विपना शर्मा (१७) हुन्। कक्षा ७ मा पढ्दा नै ‘एकता बाल–क्लब’ स्थापना गरेकी विपना अहिले जिल्लाकै नगर बाल क्लब सञ्जालकी अध्यक्ष र नेशनल बाल क्लब नेपालकी कोषाध्यक्ष समेत छिन्।

नगरपालिकालाई नै बालमैत्री बनाउन विपनाले आफ्नो नेतृत्वमा विद्यालय, वडा, इलाका हुँदै बाल अधिकारका आधारभूत कुरा बुझाउने अभियान शुरु गरेकी थिइन्। यो अभियान अहिले बालबालिकाका लागि स्थानीयस्तरमा छुट्याइने १५ प्रतिशत सरकारी बजेट उपयोगसम्ममा पुगेको छ।

बालबालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै ताइवानको एशियन गर्ल क्याम्पेनले अक्टोबर १०१५ मा विपनालाई ‘ह्युमन राइट अवार्ड–२०१५’ प्रदान गरेको थियो। त्यसको एक महीनाअघि मात्र उनले ग्लोकल खबर नेपालद्वारा आयोजित प्रतिस्पर्धात्मक ‘ग्लोकल टीन हिरो २०१५’ उपाधि प्राप्त गरेकी थिइन्।

विपना यतिवेला कुनै एक नगर र जिल्ला मात्र होइन, देशलाई नै बाल–मैत्री बनाउन लागिपरेकी छन्। “बालबालिकालाई देशकै भविष्य भन्ने गरिएको छ”, उनी भन्छिन्, “तर, उनीहरूको वर्तमान राम्रो भए न भविष्य बन्छ भनेर सरकारले कार्ययोजना बनाउनुपर्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>