समाचारशनिबार, जेठ १५, २०७३

कर्मचारी तलबमा २५ प्रतिशत वृद्धि, सामाजिक सुरक्षा भत्ता दोब्बर

हिमालखबर

5 (1)सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धि भएको छ ।

व्यवस्थापिका–संसद्ंमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३/७४ देखि तलब बृद्धि हुने जनाए । गत वर्ष वृद्धि हुन नसकेको तलब यो पटकको बजेटमा वृद्धि भएको हो ।

यस्तै, सामाजिक सुरक्षा भत्तालाई पनि दोब्बर गरिएको छ ।

एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई दिइने भत्ता र ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमको बजेट दोब्बर बनाइएको छ ।
ती कार्यक्रमहरु २०५२ मा नेकपा ९एमाले० नेतृत्वको सरकारकै पालामा आएको थियो ।

यसैगरी, सांसद विकास कोषको रकम बढाइ रु. ३ करोड पुर्‌याइएको छ ।

पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा लाग्ने उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सांसदहरुका लागि घरभाडा वृद्धि गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>