समाचारआइतबार, जेठ १६, २०७३
वीरगञ्जका उद्योगी केडिया अपहरणमुक्त
तीन दिनअगाडि अपहरणमा परेका वीरगञ्जका उद्योगी सुरेश केडिया भारत बिहारको मोतिहारीबाट अपहरण मुक्त भएका छन् ।
बाराको बरियापुरबाट अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य उनलाई नेपालप्रहरी र भारतीयप्रहरीको संयुक्त टोलीले भारत, बिहारको मोतिहारीबाट सकुशल अपहरणमुक्त गराएको हो ।
प्रहरीका अनुसार तीन जना अपहरणकारीमध्ये एकजना अपहरणकारीलाई पक्राउ गरिएको छ भने अन्य दुई जना फरार भएका छन् ।
वीरगञ्जका एसपी राजुबाबु श्रेष्ठका अनुसार केही बेरमै सुरेश केडियालाई वीरगञ्ज ल्याइँदैछ । यसबारे थप जानकारी दिन वीरगञ्ज प्रहरीले आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
बिहीबार १३ जेठ साँझ बरियापुरबाट वीरगञ्जतर्फ गाडीमा आइरहेका बेला उनी बरियारपुरको पसाहापुल नजिकबाट अपहरणमा परेका थिए ।
अपहरणकारीले केडिया सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम साह कानु माथि गोली प्रहार गरेर केडियालाई अर्को भारतीय नम्बरप्लेटको जीपमा राखेर भारततर्फ लगेका थिए ।
उनका दाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भाई अपहरण मुक्त भइसकेको र उनीसँग फोनमा कुराकानी भएको जानकारी दिए ।
जियालाल साह, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
