Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साहित्यकार सिलवालद्वारा आत्महत्या - Himalkhabar.com

थप समाचारआइतबार, जेठ १६, २०७३

साहित्यकार सिलवालद्वारा आत्महत्या

हिमालखबर

silwalबगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्या गरेका छन् ।

आज बिहान करिब ७ बजे कोठामा पासो लगाएर झुण्डिएका सिलवाललाई परिवारजनले भेटी काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लगेका थिए । अस्पतालले उनको मृत्यु भइसकेको पुष्टि गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले जानकारी दिए ।

विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मेका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशनका साथै ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै आएका थिए ।

उनका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशित छन् ।
साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गरेका छन् ।

ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>