समाचारआइतबार, जेठ १६, २०७३
रुपन्देहीमा विद्युत कार्यलय तोडफोड
रुपन्देहीको मणिग्राममा बिद्युत आपूर्ति बन्द भएपछि स्थानीय उपभोक्ताले नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र, नयाँमिल प्रशाखा कार्यलय मणिग्राममा तोडफोड गरेका छन् ।
१६ जेठ बिहान ५०—६० जनाको समूहमा पुगेका स्थानीयले कार्यालयको कागजपत्र फाल्नुका साथै फर्निचर र सिसी क्यामरामा क्षति पुर्याएको प्रशाखा प्रमुख ज्ञान बहादुर कार्कीले बताए ।
तोडफोड गरेर उनीहरु भागेको र दुई जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बुटवलका डीएसी महेन्द्र खड्काले जानकारी दिए ।
सो स्थानमा पटक पटक बिद्युत आपूर्ति बन्द हुने गरेको स्थानीयको भनाई छ ।
प्राधिकरणका प्रशाखा प्रमुख ज्ञानबहादुर कार्कीले १५ जेठ सांझ ट्रान्सफर्मर पड्किएकाले विद्युत आपूर्ति बन्द भएको र चाँडै समाधान हुने बताए ।
उक्त स्थानमा ९ जेठमा पनि ट्रान्सफर्मर पड्किएर विद्युत आपूर्ति बन्द हुन पुगेको थियो ।
दीपक ज्ञवाली,बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
