थप समाचारआइतबार, जेठ १६, २०७३

वीरगञ्जको घण्टाघर चम्काइँदै

हिमालखबर

ghantaghar
पाँच महिनासम्म चलेको मधेश आन्दोलनका क्रममा बालिएको टायरको धुवाले कालो र फोहर बनाएको वीरगञ्जको घण्टाघरको मर्मत र रंगरोगन हुँदैछ ।

वीरगञ्जको चिनारी मानिएको घण्टाघरमा अहिले मर्मत सम्भार, रङ–रोगन र बत्ति जडान गर्ने कार्य भईरहेको छ ।

जेठ मसान्तभित्रै सबै काम सकेर घण्टाघर आकर्षक देखिने वीरगञ्ज उपमहानगरपालिका कार्यालयका सूचना अधिकारी प्रकाश अमात्यले बताए ।

उपभोक्ता समिति मार्फत रु ९ लाखको लागतमा घण्टाघर मर्मतको काम भईरहेको उनले जानकारीदिए ।

गत वर्षको भूकम्पका कारण घण्टाघरको माथिल्लो भागमा प्लाष्टर उप्किएको थियो भने आन्दोलनका बेला बालिएको टायरको धुवाँले भित्ता कालो र फोहर बनाएको थियो ।

घण्टाघर रातमा झिलिमिली देखिने गरि बत्ति जडान गरिएकोे बिजुली मिस्त्री राजेन्द्र पण्डितले बताए । ८ वर्षपछि घण्टाघरको मर्मत हुन लागेको हो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>