समाचारआइतबार, जेठ १६, २०७३
मनिषा घर्तीको मृत्युबारे यथार्थ सावर्जनिक गर्न माग गर्दै प्रर्दशन
१३ जेठमा मृत भेटिएकी नवलपरासीकी मनिषा घर्तीमगरको मृत्युबारे यर्थाथ विवरण सावर्जनिक गर्न माग गर्दै स्थानीयले सदरमुकाम परासीमा प्रर्दशन गरेका छन् ।
आत्महत्या भनेर हत्यारालाई छुटकारा दिन खोजिएको आरोप लगाउँदै मनिषाका आफन्त र उनको गाउँ बर्दघाट पञ्चनगरवासीहरुले नाराबाजी सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
मनिषाको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेका रुद्रनारायण चौधरी ‘आशिष’ को बारेमा कुनै दबाबमा नपरी प्रभावकारी अनुसन्धान गरिनुपर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराएको पञ्चनगरका बद्री सुवेदीले बताऐ ।
उल्लेख्य संख्यामा सदरमुकाममा जम्मा भएका गाउँलेहरुले अनुसन्धानमा हालसम्म पत्ता लागेका कुरा सार्वजनिक गर्न पनि माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले घटनाको निष्पक्ष छानविन भईरहेको र घटनाको दोषी ठहरिने जो कोही पनि कडा कारवाहीमा पर्ने स्थानीलाई बताएका थिए ।
मनिषाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भएको छ । उनको शव परिक्षणको रिपोर्ट जिल्लामा नआएकाले घटना बारे केही बताउन नसकिने प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरीले आफूले मनिषाको हत्या नगरेको प्रहरीसमक्ष बताएका छन् ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
