समाचारसोमबार, जेठ १७, २०७३

कांग्रेसको विरोधपछि संसद्को बैठक पुनः स्थगित

हिमालखबर

व्यवस्थापिका–संसद्को आजको दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण स्थगित भएको छ ।

आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक शुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बोल्न दिइन् । उनले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण शेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताए ।

व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै बाहिरिनु संसदीय मर्यादा र गरिमा विपरीतको विषय रहेको भन्दै उनले तथ्य र तथ्याङ्क बाहिर जानु न्यूनतम् मर्यादा विपरीतको विषय रहेको उल्लेख गरे ।

यसअघि बजेट चुहिएको विषयमा सदनले नै सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा छानबिन समिति गठन भएको उल्लेख गर्दै उनले भने, “बजेटको सूचना बाहिर जानु गम्भीर विषय भएको प्रतिवेदन उक्त समितिले दिएकाले सो आधारमा पनि सरकारले प्रस्तुत गरेको व्यवहार पनि गलत छ । यसलाई तत्काल सच्याउनु जरुरी छ ।”

सांसद लेखकले बजेट बाहिर गएको विषयमा छानबिन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जानकारी गराएपछि काँग्रेसका सबै सांसद आशनबाट उठे ।

कांग्रेसको विरोधपछि व्यवस्थापिका–संसद्को अर्को बैठक १:३० बजे बस्ने गरी सभामुख घर्तीले स्थगित गरेकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>