समाचारसोमबार, जेठ १७, २०७३
आयातित विद्युतमा प्राधिकरणलाई रू. ५ अर्ब घाटा, आयात रोकिने चेतावनी
नेपाल विद्युत प्राधिकरणले भारतसँग खरिद गरी आपूर्ति गरिरहेको विद्युतमा सञ्चित घाटा रू. ५ अर्ब पुगेको भन्दै आयात बन्द हुनसक्ने चेतावनी दिएको छ ।
आज १७ जेठमा बसेको कृषि तथा जलस्रोत समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, “स्थिति भयाभह छ, १५/२० दिनमा पैसा नपाए आयात ठप्प हुनसक्छ ।”
प्राधिकरणले भारतबाट औसत ३०० मेगावाट विद्युत खरिद गरिरहेको छ । तर, बिक्री मूल्य सस्तो भएका कारण प्राधिकरणलाई मासिक रू. ४० करोड घाटा लागेको हो ।
भारतलाई एक सातामात्र ढिलो भुक्तानी भए प्राधिकरणले चर्को ब्याज तिर्नुपर्छ । त्यही भएर प्राधिकरणले विभिन्न आयोजनाको रकम विद्युत महशुलबापत भारतलाई भुक्तानी गरिरहेको छ ।
लामो समयदेखि विद्युत महशुल बढाउन नसकेका कारण घाटा लागेपछि प्राधिकरणले सरकारलाई पटकपटक विद्युत महशुल बढाउन आग्रह गर्दै आएको छ ।
उर्जा मन्त्रालयले समेत अर्थमन्त्रालयलाई घाटा रकम उपलब्ध गराउन पत्राचार गरे पनि अर्थ मन्त्रालयले उपलब्ध गराएको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
