समाचारसोमबार, जेठ १७, २०७३
मधेशी मोर्चासहितको गठबन्धनले रिले अनशन गर्ने
पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन थालेको मधेशी मोर्चा सहितको संघीय गठबन्धनले २५ जेठदेखि काठमाडौंमा रिले अनशन गर्ने भएको छ ।
आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै गठबन्धनले २५ जेठदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौंको शहीद मञ्चमा रिले अनसन गर्ने त्यसक्रममा प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी प्रदेश तथा जिल्लाहरूले पनि यस्तै प्रकृतिका आन्दोलनका कार्यक्रमहरू तय गर्ने गठबन्धनले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
