समाचारसोमबार, जेठ १७, २०७३

बजेटकै कारण सरकार ढल्न सक्छः शशांक कोइराला

हिमालखबर

shashankनेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बजेटकै कारणले वर्तमान सरकार ढल्न सक्ने चेतावनी दिएका छन्।

आज, १७ जेठमा नवलपरासीको अमलटारी आइपुगेका महामन्त्री कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै बजेट उत्पादनमुखी नभई वितरणमुखी भएको र यसले मुलुकको अर्थतन्त्र दिर्घकालीनरुपमा तहसनहस पार्ने भन्दै बजेटकै कारण पनि सरकार ढल्न सक्ने दाबी गरे ।

“यो सरकारको धरातल नै कमजोर छ, त्यसमाथि सरकारका निर्णयहरु हितकारी छैनन्, बजेटकै कारण पनि सरकार ढल्न सक्छ,” कोइरालाले भने ।

नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै उनले बेला आयो भने कांग्रेस प्रत्यक्ष विरोधमा पनि उत्रन सक्ने बताए ।

उनले नेपाली कांग्रेसको बैठक बसेर आगामी रणनीति तय गरिने पनि बताएका थिए ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>