थप समाचारसोमबार, जेठ १७, २०७३

बाघ मार्ने औजारसहित तीन पक्राउ

हिमालखबर

banjaraप्रहरीले बाँकेको कोहलपुरबाट बाघ मार्न प्रयोग हुने जत्री (पासो) सहित तीनजना बन्जारा समुदायका व्यक्तिलाई पक्राउ गरेको छ ।

कोहलपुर प्रहरी र बाँके राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले कोहलपुर–११ लोकनगरबाट १७ जेठमा बाँके इन्द्रपुर–३ का १९ वर्षीय रामु कुसबदिया, ४५ वर्षीय सम्भर कुसबदिया र नेपालगञ्ज–७ फुल्टेक्राका विष्णु कुसबदियालाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट ३ थान जत्री (पासो), १ थान भाला, १ थान हतौडा र दारा सहितको हड्डी (२.५ इन्च लम्बाई, ३ इन्च चौडाई) बरामद भएको छ । उक्त हड्डी बाघको भए/नभएको पुष्टि हुन बाँकी छ ।

बरामद भएका जस्ता औजार बाघ मार्ने समूहले प्रयोग गर्दै आएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

बाँके निकुञ्ज आसपासमा रहेका बन्जारा समुदायका व्यक्तिलाई निगरानी गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको बाँके निकुञ्ज पश्चिम सेक्टर कार्यालयका रेन्जर अनिल कुमार रामले जानकारी दिए ।

पक्राउ परेकालाई प्रहरीले जिल्ला वन कार्यालय बाँकेमा बुझाएको छ ।

जिल्ला वन कार्यालयले आज (१७) जेठमा जिल्ला अदालतमा ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको सूचना अधिकारी गणेश खड्काले जानकारी दिए ।

यसअघि १४ जेठमा कोहलपुर–११ बाटै भारतीय बन्जारा समूहका दुईजनालाई पक्राउ गरिएको थियो ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>