समाचारमंगलबार, जेठ १८, २०७३

बजेटकाे सूचना चुहिएकाेबारे छानबिन समिति गठन

हिमालखबर

बजेटकाे सूचना चुहिएकाेबारे स‌ंसद्ले छानबिन समिति गठन गरेकाे छ ।

नेपाली कांग्रेसका नेता एवम् सांसद रमेश लेखककाे स‌ंयाेजकत्वमा समिति गठनकाे प्रस्ताव संसदमा पेश भएकाे छ ।

…………………………….

व्यवस्थापिका–संसदमा बजेट पेश गर्नुअघि सूचना चुहिएको भन्दै लगातार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि सरकार छानविन समिति गठन गर्न तयार भएको छ ।

सत्तारुढ दलको विहान बसेको बैठकले कांग्रेसका माग अनुसार छानविन समिति गठन गर्न र अर्थमन्त्री बिष्णप्रसाद पौडेलले प्रष्टिकरण दिन तयार हुने निर्णय गरेको छ । यो निर्णयसँगै विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बबिन शर्माले बताए ।

१५ जेठमा अर्थमन्त्री पौडेलले बजेट पेश गरेपछि कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>